आईसीसी विश्वकपका लागि न्युजिल्यान्डको टिम घोषणा

145

एजेन्सी / न्युजिल्यान्डले आईसीसी विश्वकप क्रिकेटको लागि १५ सदस्यीय टीम घोषणा गरेको छ । आगामी मे ३० देखि जुलाई १४ तारिखसम्म इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना गर्न लागेको विश्वकपका लागि न्युजिल्यान्डले केन विलियम्सनको कप्तानीमा १५ सदस्यीय टीमको घोषणा गरेको आईसीसीले उल्लेख गरेको छ । विश्वकप क्रिकेटमा न्युजिल्यान्डका लागि सबैभन्दा अनुभवी ब्याट्सम्यान रोस टायलर पनि टीममा परेका छन् । उनको लागि यो चौथो विश्वकप हुनेछ । त्यस्तै, कप्तान विलियम्सन, टिम साउथी र मार्टिन गप्टिलको लागि यो तेस्रो विश्वकप हो । न्युजिल्यान्डले विकेटकिपर ब्याट्सम्यान टोम ब्लन्डललाई पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको लागि टीममा समावेश भएका छन् । उनले टेष्ट र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेले पनि अहिलेसम्म एकदिवसीय क्रिकेटमा भने टीममा पर्न असफल रह्यो । घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको आधारमा उनी टीममा पर्न सफल भएका हुन् । न्युजिल्यान्डले तीन पटक टे«निङ क्याम्प गर्ने भएको छ । न्युजिल्यान्डले पहिलो क्याम्प लिन्कोलनमा अप्रिल १५ र १६, दोस्रो २३–२४ र तेस्रो अप्रिल ३० देखि मे एक तारिखसम्म गर्नेछ ।त्यसपछि न्युजिल्यान्डले अष्ट्रेलियासँग तीन खेलको एकदिवसीय मैत्रीपूर्ण क्रिकेट खेल्नेछ । तर यो आईसीसीको आधिकारिक खेल भने होइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here