तराई मधेश पार्टी सत्तारुढ नेकपामा समाहित

170

काठमाण्डौं- नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) र तराई मधेश फोरम नेपालबीच एकीकरण भएको छ । तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट अलग भइ तराई मधेश फोरम गठन गरेका अमर यादव नेकपामा समाहित भएका हुन् ।

प्रचण्ड निवास खुमलटारमा एक कार्यक्रमको आयोजना गरी दुवै पाटी एकीकरण भएको घोषणा भएको छ । मधेशवादी दलहरुले मधेशी जनतालाई भ्रम राखेको उल्लेख गर्दै नेता यादवले अगामी चुनावमा मधेशका पसल(पार्टी) हरु बन्द हुने दावीसमेत गरे ।

यसैबीच मधेस तराई फोरम नेपालका अध्यक्ष यादवले संविधानमा देखिएका असन्तुष्टि नेकपा र नेकपा नेतृत्वको सरकारले सम्बोधन गर्ने विश्वासका साथ यो निर्णयमा पुगिएको विज्ञप्तिमार्फत जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here