नेपाल पहिलो पटक राष्ट्रसंघीय लागु औषध आयोगमा निर्वाचित

151

काठमाडौ, नेपाल पहिलो पटक संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद अन्तर्गतको लागु औषध आयोगको सदस्यमा निर्वाचित भएको छ । संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले कुल ५४ मत मध्य ४४ मत प्राप्त गरेर निर्वाचित भएको हो । लागु औषध सम्बन्धी नीति निर्माण गर्ने निकायमा नेपाल एशिया प्रशान्तिय क्षेत्रबाट निर्वाचित भएको हो । नेपालसँगै अन्य ३३ मुलुक सदस्यमा निर्वाचित भएका छन् । नेपाल सहित चीन, जापान, बहराइन, पाकिस्तान, थाइल्याण्ड कजाकिस्तान र तुर्किम्स्थान पनि सदस्यमा निर्वाचित भएका छन् ।
अवैध लागु औषध बिक्री वितरण विरुद्ध कडा ढंगले प्रस्तुत हुँदै आएको नेपालका लागि आयोगको सदस्य भएसँगै अन्तर्राष्ट्रिय तहमा पनि सहकार्य गर्न सहज हुने विश्वास गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here