काठमाडौं / मलेसियाका लागि नेपाली आवासीय राजदूत उदयराज पाण्डेले ब्रुनइ र तान्जानियाको गैर आवासीय राजदुतको नियुक्ती पाएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई ब्रुनाइका तान्जानियाको लागि गैह्रआवासीय राजदूतमा नियुक्त गरेकी हुन् । नेपालको संविधानको धारा २८२ ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा पाण्डेलाई आज नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।


















