त्रिशुली बस दुर्घटना: मृतकको संख्या ५ पुग्यो, २९ घाइते

127

धादिङ – धादिङको गजुरी गाउँपालिका –६ बन्छेटारस्थित त्रिशुली नदीमा यात्रुबाहक बस खस्दा मृत्यु हुनेको संख्या ५ पुगेको छ। घटनामा २९ जना धाइते भएको धादिङ प्रहरीले जनाएको छ।

झापाको काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक बस बिहान ६ बजे त्रिशुली नदीमा खसेको धादिङ प्रहरीले जनाएको छ।

घाइतेमध्ये १४ जनालाई स्थानीय स्वास्थ्यसंस्थामा सामान्य उपचारपछि काठमाडौँ पठाइएको छ भने अन्य घाइतेहरुको गजुरी, आदामघाट र गल्छीमा रहेका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here