गुल्मीका तीन युवती पाल्पामा समातिए

203

बुटवल / तीन जना भारतीय नागरिकसहित गुल्मीका दुई किशोरी र एक युवती पाल्पा प्रहरीले समातेर अनुसन्धान गर्दैछ । गुल्मीको सदरमुकाम तम्घास साहुटोलस्थित विन्दवासानी भोजनालयमा काम गर्ने भारतीय नागरिकले गुल्मीकी एउटी १४ वर्षीया, अर्की १५ वर्षीया किशोरी र अर्की २० वर्षीया युवतीलाई नियन्त्रणमा लिइएको पाल्पाका प्रहरी प्रवक्ता कृष्णराज सापकोटाले जानकारी दिए ।
‘विवाह गरि लैजान लागेको बताएका छन्, तीन जना भारतको विहार घर भएका युवाहरुले । हामीले नियन्त्रणमा लिएर ती युवतीका परिवारजनलाई बोलाएका छौं, उनीहरु आएपछि मात्र उजुरी परेमा हामीले गुल्मी प्रहरीलाई पठाउने छौं । अहिले ती युवाहरुको समेत नाम गोप्य राखेका छौं’– डिएसपी सापकोटाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here