ललितपुरमा झुन्डिएको अवस्थामा आमा–छोरीको शव फेला

241

काठमाडौं– ललितपुरको महाँकाल गाउँपालिकामा आमाछोरी शव झण्डिएको अवस्थामा फेलापरेको छ । बिहीबार बिहान महाँकाल गाउँपालिका–४ कालेश्वर बतासे डाँडा भन्ने ठाउँमा आमाछोरीको शव फेला परेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ५ महिनाअघि मुगुबाट कालेश्वर बसाईं सरेर आएका जानी शर्मा र उनकी छोरी राधिका शर्मा रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको हत्या वा आत्महत्या हो भन्ने बारेमा अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।

अहिले घटनास्थलमा मुचुल्का उठाउने कार्य भइरहेको र थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी राजुकुमार खिउजूको नेतृत्वको प्रहरी टोली घटनास्थल आईसकेको प्रहरी चौकी कालेश्वरका प्रहरी सहायक निरीक्षक नागेन्द्र कुमारले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here