एनआईसी एशिया बैंकको धनगढीमाईमा शाखारहित बैंकिङ सेवा

112

काठमाडौँ– एनआईसी एशिया बैंकले सिरहाको धनगढीमाई नगरपालिका वडा नं. १०, जिरोमाइलमा आफ्नो ३२ औं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ।

शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै स्थानीय तहमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको एनआईसी बैंकले नयाँ शाखारहित बैकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

बैंकले संचालनमा ल्याएको यस शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन धनगढीमाइ नगरपालिकाका मेयर हरिनारायण चौधरीले गरे।

उक्त शाखारहित बैंकिङ सेवाका बैंक प्रतिनिधिको रुपमा भोगिलाल महतो नियुक्त भएका छन्। शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न क्षेत्रका स्थानीयबासीले आफ्नो स्थानीय तहमै प्रतिनिधि मार्फत् बैंकिङ सेवा लिन सक्ने छन्।

बैंकका अनुसार सो सेवाबाट स्थानीयबासीहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्नसक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here