तालिबानले पत्रकारहरूलाई मार्ने धम्की दियो

135

एजेन्सी / आतंकवादी संगठन तालिबानले अफगानी मिडियालाई धम्की दिएको छ । आफूविरुद्धको सरकारी प्रचारलाई स्थान दिइरहेमा पत्रकारहरूलाई मारिदिने धम्की उसले दिएको छ ।

सोमवार तालिबानले बयान जारी गरेर रेडियो स्टेसन, टीभी च्यानल र अन्य मिडिया संस्थाहरूलाई सरकारको पैसा खाएर तालिबानविरोधी खबर दिन बन्द गर्न एक हप्ताको समय दिइएको जनायो ।

आफ्नो चेतावनीलाई बेवास्ता गर्ने अफगानी मिडियालाई दुश्मन ठानिने र पत्रकार अनि कर्मचारी सुरक्षित नरहने उसको चेतावनी छ । काबुल सरकारले शंकास्पद गतिविधि देखिएमा प्रहरी प्रशासनलाई सूचना दिनुस् भन्ने खबर मिडियाहरूले प्रसारण गर्ने गरेका छन् ।  तालिबानले अफगानी रेडियो र टीभी स्टेसनहरूलाई पहिले पनि तारो बनाउने गरेको थियो । तर यसपालि उसले सरकारी खर्चमा गरिने प्रसारणका विषयमा धम्की दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here