कालिकोट / बन्दको अवज्ञा गर्दै गाउँसभा चलाएको भन्दै नरहरिनाथ गाउँपालिकाको कार्यालयमा आगजनी गरिएको छ । विप्लव नेतृत्वको नेकपा कार्यकर्ताले गाउँपालिका कार्यालयमा पेट्रोल खन्याइ आगजनी गरेका हुन् ।
बुधबार विहान करिब एक बजे नरहरीनाथ गाउँपालिकामा आएका विप्लव नेतृत्वको नेकपा कार्यकर्ताले गाउँपालिका कार्यालय र दुई वटा वडा कार्यालयका कागजातहरु जलाएका छन् । नरहरिनाथ गाउँपालिकाको ६ र ५ कार्यालयमा समेत आगलागी गरेका छन् ।
विप्लव नेतृत्वको नेकपा कार्यकर्ताहरुले नरहरीनाथ गाँउपालिकाको प्रमूख प्रशासकिय अधिकृतको कार्यकक्षको झ्याल फोडेर पेट्रोल खन्याइ आगो लगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार आगलागी गर्नेको खोजी भइरहेको र नरहरिनाथ गाउँपालिकामा थप सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ ।


















