काठमाडौं / सत्तारूढ नेकपाकी सांसद तीर्था गौतमले संसदीय समितिको बैठकमा मान्छे मार्ने काम बन्द गर्न सरकारसँग आग्रह गरेकी छन्।
संसदीय समितिको राज्य व्यवस्था तथा सुशासन समितिकी सदस्यसमेत रहेकी सांसद गौतमले बैठकमै यसो भनेकी हुन्।
‘आज नेपालीको छोरो मरेको छ, यसरी मार्नु ठीक होइन, संवादबाट समस्या समाधन गर्नुपर्छ’, १० वर्षे जनयुद्धको घाउ आलै छ, देश पूर्णरूपमा शान्त बनेको छैन।’ गौतमले भनिन् ।
बेपत्ताहरुको खोजीनिति अझै नभएको जनाउँदे सांसद गौतमले भनिन् –‘सत्यनिरूपण तथा बेपत्ताको छानबिन भएको छैन, सानो झिल्कोले ठूलो रूप लिन सक्छ।’
गौतमले गोलीबाट हैन संवादबाट समस्या समाधन गर्न आग्रह गरिन्।
२०५५ साल फागुन २१ गते गौतमका पति यदु गौतमलाई तत्कालीन नेकपा एमालेका रुकुम सचिव तथा प्रतिनिधिसभाका सदस्य रहेकै बेला माओवादी विद्रोहीले अपहरणपछि हत्या गरेका थिए।
भिडियोसहित


















