ऋत गौतमको शतकमा नेपालले सिंगापुरलाई दियो ३ सय २७ रनको लक्ष्य

208

काठमाडौं- एसीसी यू–१९ मा एसिया कपको इर्टन रिजन छनोटमा नेपालले सिंगापुरलाई ३२७ रनको विशाल लक्ष्य दिएको छ ।

सिंगापुरविरुद्ध टस जितेर पहिले ब्याटिङ थालेको नेपालले ५० ओभरमा ४ विकेट गुमाएर ३२६ रन बनायो ।

नेपालको सुरुवात राम्रो रह्यो । ऋत गौतमले शतकिय पाली खेले । ऋत गौतम र पवन शरार्फले पहिलो विकेटका लागि ९२ रनको साझेदारी गरे । पवन ४५ रनमा आउट भए । खडकबहादुर बोहोराले गौतमसँग १३१ रनको महत्वपूर्ण साझेदारी गरे । बोहोरा ९० रनमा आउट भए । विशाल विक्रम केसी १ र कप्तान रोहितकुमार पोडेल मात्र ७ रनमा आउट भए । तर कुशल मल्लले आक्रामश पारी खेल्दै अर्धशतक बनाए ।

पाँचौं विकेटका लागि गौतम र मल्लले अविजित ८२ रनको साझेदारी गरे । ऋत गौतम ११५ र कुशल मल्ल ५१ रनमा अविजित रहे ।

सिंगापुरका लागि प्रणव सुदर्शन राजेश किसन र विनित क्षितेश मेहताले समान २ विकेट लिए। ३२७ रनको विजयी लक्ष्यसहित सिंगापुरले केहिबेरमा जवाफि व्याटिङ गर्ने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here