अवैध लागूऔषध सहित पक्राउ

206

काठमाडौं / चन्द्रागिरी नगरपालिका-२ नागढुङगाबाट तँनहु डुम्रे नगरपालिका-१ बस्ने ३० वर्षीय सुमन थापालाई नियन्त्रित लागूऔषध डाईजेपाम २२ एम्पुल, नुर्फिन २३ एम्पुल, फेनरागन २१ एम्पुल सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको
छ ।

महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले पोखराबाट काठमाडौं आउँदै गरेको ना.५ ख ५७६१ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार थापालाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here