स्थानीय प्रशासनबाट चितवनका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी

257

काठमाडौं– जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुर महानगरपालिका १० वरिपरिका केही क्षेत्रमा ५ जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने आदेश जारी गरेको छ । टेलिभिजन प्रस्तोता रवि लामिछानेको रिहाईको माग गर्दैै भएको प्रदर्शन र त्यसबाट हुने अशान्तिलाई मध्यनजर गर्दै भरतपुर महानगरका केही स्थानमा सोमबार बिहान ६ बजेदेखि अर्को आदेश जारी नहुन्जेलका लागि सो आदेश जारी गरिएको हो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here