प्रधानसेनापति थापाद्वारा ‘प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिता-२०७६’को समापन

257

काठमाडौं / प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले ‘प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिता-२०७६’ को एक विशेष समारोहका बीच समापन गर्नुभएको छ ।

जंगी अड्डास्थित खेल मैदानमा बुधबार प्रधानसेनापति महारथी थापाले ‘प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिता-२०७६’ मा पृतना तथा बाहिनीतर्फको समग्र खेलकुदमा प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्न सफल क्रमशः श्री नं १६ बाहिनी अड्डा, श्री मध्य पृतना हे.क्वा. तथा श्री उपत्यका पृतना हे.क्वा.लाई नगद तथा ट्रफि प्रदान गर्नुभएको थियो ।

उहाँले समापन समारोहमा आयोजित प्रधानसेनापति ट्रफि अन्तर्गत गण फुटबल प्रतियोगिताको फाइनल खेलमा प्रथम स्थान हासिल गर्न सफल श्री जगदल गण, द्वितीय हुने श्री विष्णुदल गण र तृतीय हुने श्री कालीबहादुर गणका खेलाडीहरुलाई ट्रफि, प्रमाण पत्र र पदक प्रदान गर्नुभएको थियो । साथै गणतर्फको खेलकुदमा समग्रमा प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्न सफल क्रमशः श्री जगदल गण, श्री पुरानो गोरख गण र श्री नं १ जगदल गणलाई ट्रफि तथा नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।

सोही क्रममा प्रधानसेनापति थापाले वर्षभरिका उत्कृष्ट पुरुष तथा महिला खेलाडीहरु क्रमशः हङकङमा सञ्‍चालन भएको The North Face रेसमा अन्तर्राष्ट्रिय रेकर्ड सहित स्वर्ण पदक, हङकङमै सञ्‍चालन भएको अर्को रेसमा रजत र सोलुखुम्बुमा सञ्चालन भएको एभरेष्ट एक्सट्रिम अल्ट्रा रेसमा कास्य पदक जित्‍न सफल भएका एथ्लेटिक्स खेलाडी जमदार पूर्ण तामाङ्ग तथा गणेशमान खुल्ला बक्सिङ्ग प्रतियोगिता र आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण तथा इन्द्रमाया अन्तर्राष्ट्रिय बक्सिङ्ग प्रतियोगितामा रजत पदक जित्‍न सफल बक्सिङ्गतर्फका महिला खेलाडी अमल्दार पुनम रावललाई ‘अजय बल सम्पन्‍न ट्रफि’ तथा नगद पुरस्कार समेत प्रदान गर्नुभएको थियो ।

उक्त समापन कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष, पूर्व प्रधानसेनापतिहरु, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव, रथीबृन्दहरु, रक्षा मन्त्रालयका सह सचिव, अन्य सुरक्षा अंगका अधिकृत प्रतिनिधीहरु, सैनिक श्रीमती संघका पदाधिकारीहरु, नेपालस्थित विदेशी सैनिक सहचारीहरु लगायत नेपाली सेनाका बहालवाला तथा भू.पू सकलदर्जाको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here