कपिलवस्तु जिल्ला खुला संग्रहालय

377
-श्याम क्षेत्री
प्राचीन कपिलवस्तु राज्यको राजधानीको रुपमा परिचित कपिलवस्तु जिल्ला ऐतिहासिक तथा पुरातात्विक महत्वको खानी हो। क्रकछन्द बुद्ध, कनकमुनी बुद्ध र शाक्यमुनी बुद्धको पवित्र स्थल कपिलवस्तुको उत्खनन्, संरक्षण र विकासबाट समग्र प्रदेश नं. ५ को विकासलाई सघाउ पुग्छ ।
 गौतम बुद्धले २९ वर्ष विताएको गृहनगर तथा उनका पिता राजा शुद्धोधनको प्रमुख प्रशाकीय राजदरवार क्षेत्र तिलौराकोट, बुद्धले ज्ञान प्राप्त गरेपछि प्रथम पटक आफ्ना माता पिता र परिवारलाई भेट गरेको स्थान कुदान, क्रकछन्द बुद्धको जन्म स्थल गोटिहवा, कनकमुनी बुद्धको जन्म स्थल निग्लिहवा लगायत एक सय बढी बौद्धकालीन पुरातात्विक स्थलहरु कपिलवस्तुमा रहेका छन् । यसरी हेर्दा कपिलवस्तु जिल्ला खुला संग्रहालय नै हो ।
कपिलवस्तुलाई लुम्विनीसंग जोडेर समग्र प्राचीन कपिलवस्तु क्षेत्रलाई प्रदेश नं. ५ को प्रमुख गन्तव्य पर्यटक स्थल बनाउन जरुरी छ । कपिलवस्तुका प्राचीन पुरातात्विक क्षेत्र पुग्न फराकिलो बाटो, पुरातात्विक स्थलको संरक्षण विकास र प्रचार प्रसार, यस क्षेत्रको वरपर सुविधा सम्पन्न होटल रेष्टरेन्टहरु लगायतका पुर्वाधारहरुको विकास गर्न सके स्वदेशी तथा विदेशीहरुको आकर्षक गन्तव्य वन्न सक्छ, कपिलवस्तु ।
लुम्विनी आउने अधिकांश पर्यटकहरुलाई कपिलवस्तु आकर्षित गरी उनीहरुको बसाईलाई लम्ब्याउन यहाँका पुरातात्विक स्थलहरुको विकासमा प्रदेश सरकारको विशेष चासो जरुरी छ । ‘माल पाएर चाल नपाए जस्तो’ सधै उपेक्षित रहेको प्राचीन कपिलवस्तु क्षेत्रलाई विशेष रुपमा विकास गर्न प्रदेश सरकारले प्रदेश स्तरीय गौरव योजनाहरु लागू गरी समग्र कपिलवस्तु क्षेत्रलाई नै खुला संग्रहालय बनाउनु पर्छ ।
यसबाट यस क्षेत्रका आम सर्वसाधारणहरुको जिविकोर्पाजनमा सुधार आउने, रोजगारीका अवसरहरु सृजना हुने, आन्तरिक तथा बाह्य पर्यटनबाट राष्ट्यि अर्थतन्त्रलाई समेत टेवा पुर्याउन ठुलो सघाउ पुग्ने निश्चित छ ।
कपिलवस्तु क्षेत्रका सवै राजनैतिक दल, नागरिक समाज, प्रदेश सभा सदस्य, प्रतिनिधी सभा सदस्य सवै एक भई कपिलवस्तु विकासको आवाज प्रदेश र केन्द्र सरकार तर्फ बुलन्द गर्न जरुरी छ । यसका अलावा स्थानीय तहले समेत आआफ्ना क्षेत्रमा पर्ने यस्ता प्राचीन पुरातात्विक स्थलहरुको विकासमा समेत विशेष अग्रसर भइ अघि बढ्नु जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here