वीरगञ्जबाट २३० किलो केराउ बरामद

299

वीरगञ्ज /  प्रहरीले पर्साको वीरगञ्जबाट २ सय ३० किलो अवैध केराउ नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं. २ ईदगाह चोकबाट केराउ नियन्त्रणमा लिइएको हो ।बरामद गरिएको केराउ आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय बुझाइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

तेस्रो मुलुकबाट ल्याएर सीमा क्षेत्रमा राखी गैरकानुनी तवरले केराउ नेपालबाट भारततर्फ ओसार पसार गर्ने गरिएको   छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here