काठमाडौं / सत्तारुढ दल नेकपाका सचिवालय सदस्य एवं वरिष्ठ नेता वामदेव गौतमले आगामी दिनमा नेकपाले राम्रो काम नगरे अर्को निर्वाचनमा सकिने खतरा बढेको धारणा व्यक्त गरेका छन् ।
उपनिर्वाचनको नतिजा नेकपाकै पक्षमा भए पनि नेकपाले जितेको क्षेत्र खोस्नी र जितेको क्षेत्र जोगाउन सकेको भए उपनिर्वाचन नेकपाका लागि सुखद् हुन्थ्यो, उेनले भने । ‘समग्ररुपमा उपनिर्वाचनको परिणाम नेकपाकै पक्षमा छ। तर भक्तपुर, धरान उपमहानगरपालिका र केही वडाध्यक्षमा पहिला हामीले जितेका थियौँ । अहिले ती ठाउँ गुमायौँ ।’-उनले भने ।
भक्तपुर, धरान उपमहानगरपालिका र केही वडाध्यक्ष पद नेकपाले गुमाएको थियो ।


















