ताम्सिपाखामा अवस्थित राष्ट्रिय संगठन नेवाः देय् दबूको सहयोगमा व समग्र नेवार विद्यार्थीहरुको छाता संगठन नेवाः विद्यार्थी युनियनको आयोजनामा पहिलो पटक भएको हो ।
कार्यक्रममा मिडिया रिर्शचरका साथै पत्रकार मिराराज भण्डारीले कक्षा दुई घण्टासम्म तालिम लिइन ।
देय् दबूको भवनमा भएको तालिममा रत्न राज्य लक्ष्मी क्याम्पसका स्नातक तहमा अध्ययनरत पहिलो, दोस्रो र तेस्रो बर्षका विद्यार्थीहरु गरी जम ११ जनाले सहभागिता जनाएका थिए ।
तालिममा सहभागिता जनाएका बि.ए. पहिलो बर्षमा नेपाल भासा विषयमा अध्ययनरत विवेक श्रेष्ठ र मनहेरा महर्जनका अनुसार यो तालिम धेरै आवश्यक धारणा राखे ।
उनीहरूका अनुसार, यस तालिमकाे माध्यमबाट आदिबासी जनजाति लगायत शाेषण र उत्पिडिनमा रहेका अस्तित्व व अधिकारका सचेतना जगाउने भएकाले युवा विधार्थी वर्गहरूमा अत्यन्त महत्वपूर्ण रहेकाे जनाए ।
युनियनका अध्यक्षद्धय रीदेन महर्जनले आउँदा दिनहरुमा सचेतनात्मक, रोजगारमूलक, सीप मूलक लगायत विविध तालिम दिने जनाए ।


















