बुटवलका पत्रकार ढकाललाई खेलकुद पत्रकारिता पुरस्कार

179

बुटवल । बुटवलका पत्रकार हरिश ढकालले खेलकुद पत्रकारिता पुरस्कार  दिएका  छन् ।  बुटवलको दीप बोर्डिङ हाइ स्कूलले स्थापना गरेको यो पुरस्कार यस वर्ष नेपाल टेलिभिजनका संवादाता हुन् ।

पुरस्कारको राशी १० हजार रुपैयाँ रहेको छ । विद्यालयको ३९ औं वार्षिक उत्सवको अवसरमा पत्रकार ढकाललाई विद्यालय सञ्चालक समितिका अध्यक्ष राजेन्द्रप्रसाद ध्वजू र प्राचार्य टिकाराम न्यौपानेले नगद र सम्मान पत्रसहित पुरस्कृत गरेका छन् ।

ढकाल २०५५ सालदेखि पत्रकारितामा क्रियाशील छन् । सामाजिक उत्तरदायित्व अन्तर्गत खेलकुद क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रोत्साहनका लागि पुरस्कार स्थापना गरिएको प्राचार्य टिकाराम न्यौपानेले जनाए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here