गाउँपालिका केन्द्रको माग राख्दै बैतडीमा विरोध प्रर्दशन

271

बैतडी । बैतडीको डिलाशैनी गाँउपालिकाको गोकुलेश्वरमा हिजोदेखि सुरु भएको बिरोध प्रदर्शन आज पनि जारी रहेको छ । केन्द्रको विवाद कायमै रहेका बेला हिजोदेखि वडा न. ४, ५, ६ र ७ का स्थानिय बासिन्दाहरुले बिरोध प्रर्दशन गरेका हुन् ।
बिरोधकर्ताहरुले सडकमा टायर बालेका छन् भने गोकुलेश्वरमा चक्काजाम समेत गरेका छन् । अहिले सडकमा गाडी चलेका छैनन् । उनीहरुले हिजो गाउँपालिकाका ४ वडा कार्यालयमा ताला बन्दी समेत गरेका थिए । उनीहरुले गाउँपालिकाको केन्द्र वडा न. ७ को धामीगाउँमा हुनुपर्ने माग राखेका छन् ।
अहिले गाउँपालिकाको केन्द्र बिगतमा सम्पर्क कार्यालय तोकिएको वडा न. ३ को पङ्सेरामै बनाउने चलखेल भैरहेको भन्दै गाउँपालिकाको नेतृत्व बिरुद्ध संघर्ष गरिरहेका हुन् । गाउँपालिकाको पहिलो बैठकले समेत डिलाशैनी ७ मा केन्द्र तोकेको र पछि सम्पर्क कार्यालय रहेको ठाउँमा स्थाई केन्द्र सार्ने चलखेल सुरु भएको भन्दै आफुहरुले बिरोध गरिरहेको डिलाशैनी संघर्ष समितिका जयराज जोशीले जानकारी दिनुभयो ।
गाउँपालिका बासीले आन्दोलन गरिरहेको बिषयमा भने आफुलाई खासै जानकारी नभएको गाउँपालिका अध्यक्ष उकेन्द्र बोहराको भनाई छ । गाउँपालिका केन्द्रको बिवादबारे आज गाउँसभाको बैठक बसिरहेको र यस बिषयमा छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । अहिले गाउँसभा बैठक बसिरहेकोमा बिरोधकर्ताहरुले गाउँसभाको निर्णयलाई पर्खिरहेको र न्यायोचित निर्णय नआएमा झन ससक्त आन्दोलन गर्ने जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here