विश्वभर घरेलु हिंसा भयावह

173

एजेन्सी- विश्वव्यापी महामारी कोभिड–१९ संक्रमणको जोखिम न्यूनीकरणका लागि अहिले विश्वका अधिकांश देश लकडाउनमा छन्।

विश्वको ठूलो जनसंख्या घरभित्रै बसिरहेका बेला घरेलु हिंसाको अवस्था बढेकाे छ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टिनियो गुट्रेसले लकडाउनमा महिला र बालिकामाथि घरेलु हिंसाका घटना भयावह रुपमा बढेको जनाएका छन्।

उनले यसविरुद्ध सरकारहरुलाई ठोस कारबाही सुरु गर्न आह्वान गरेका छन्।

आफ्नो सन्देशमा महासचिव गुट्रेसले हिंसा कुनै एउटा रणभूमिजस्तो क्षेत्रमा सिमित नभएको भन्दै कयौँ महिला र बालिकाहका लागि आफ्नै घर सबैभन्दा असुरक्षित रहेको बताएका छन्।

महामारीका कारण उत्पन्न आर्थिक तथा सामाजिक बन्दाबन्दीले लगभग सबै देशका महिला र बालिकामाथि दुर्व्यवहारका घटना बढेको उनले जनाएका  छन्।

संसारभरका झण्डै एक तिहाई महिला आफ्नो जीवनमा कुनै न कुनै किसिमको हिंसामा रहेको युएनले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here