भारतकाे राजधानी दिल्ली सहित ६ सहर रेड जोनमा

180

एजेन्सी– भारतले राजधानी दिल्ली, मुम्बइमा सहित ६ ठुला सहरलाई रेड जोनमा राखेको छ।

कोरोना भाइरसको संक्रमण फैलँदै गएपछि भारती सरकारले संक्रमणको अवस्थालाई आधार मान्दै देशलाई तीन तह (जोन) मा विभाजन गरेको हो।   बुधबार जारी गरेको निर्देशिकामा भारतीय सरकारले जुन ठाउँमा ज्यादा संक्रमित भेटिएका छन् त्यो ठाउँलाई  रेड जोनमा (अतिजोखिम)राखेको छ।

जुन ठाउँमा थोरै मात्र संक्रमित भेटिएका छन् त्यो ठाउँलाई ओरेन्ज जोनमा (कम जोखिम) राखेको छ। यस्तै जुन ठाउँमा संक्रमित भेटिएका छैनन् त्यो ठाउँलाई ग्रिन जोनमा (सामान्य )राखेको छ। हालसम्म भारतले १ सय ७० जिल्लालाई रेड जोनमा राखेको छ।

दिल्ली र मुम्बई बाहेक चेन्नई, बेंगलुरु, कलकत्ता र हैदरबादलाई पनि रेड जोनमा राखेको छ।  हालसम्म ग्रीन जानेमा कुनै पनि ठाउँलाई राखेको छैन।

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १२ हजार ३ सय ८०  पुगेको छ। ४ सय १४ जनाको मृत्यु भइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here