लिड्स युनाइटेडको १४ वर्षे करिअरमा उनले दुई लिग उपाधि जितेका थिए। उनी इङ्ल्यान्डले १९६६ मा विश्वकप जित्दा पनि टीम सदस्य थिए। कोरोना भाइरस संक्रमण पोजिटिभ देखिएपछि उनी १० अप्रिलबाट अस्पताल भर्ना भएका थिए। लिड्स युनाइटेडले उनको निधनले क्लब परिवारमा ठूलो खाडल पैदा भएको जनाएकाे छ।
‘‘उनको लिगेसीलाई कहिल्यौ बिर्सन सकिँदैन। यो दुखद् घडीमा हामी उनको परिवार र आफन्तको साथमा छौं’’, क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
हन्टर १५ वर्षको उमेरमा लिड्स युनाइटेडमा अनुबन्ध भएका थिए। उनले लिड्स युनाइटेडबाट सबैखाले प्रतियोगितामा गरेर ७२६ खेल खेलका थिए, जुन क्लब इतिहासकै चाैथो धेरै खेल हो। १९७६ मा लिड्स युनाइटेड छाडेपछि उनले ब्रिस्टोल सिटी र ब्रान्सलेबाट पनि खेले। खेल करिअरबाट सन्यास लिएपछि उनले टेकेस र रोथरह्याममा प्रशिक्षण पनि दिए। हन्टरले इङ्ल्यान्डको लागि २८ खेल खेलेका छन्।
















