काठमाडौं – नेपाली कांग्रेसका नेता गगन थापाले माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज गर्न प्रस्ताव गरेका छन् ।
प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उनले हाल लकडाउनका कारण एसईई परीक्षा रोकिइरहेका बेला एसईई खारेज गर्नु उपयुक्त हुने जनाएका हुन् ।

















