काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले वार्ताबाट समस्या समाधान गर्ने तथा नेपाली भूमिबाट आफ्ना सेना फिर्ता लैजानाको सट्टा भारतले लिम्पियाधुरा, कालपानी र लिपुलेक क्षेत्रमा एकपक्षीय ढंगबाट सडक बनाई देखाएको मिचाहा प्रवृत्तिको भत्र्सना गरेको छ ।
उनीहरुले यस विषयमा राष्ट्रिय सहमतिका आधारमा भावी रणनीति तयार गर्नका लागि सर्वदलीय बैठक अविलम्ब बोलाउन र अन्तरराष्ट्रिय क्षेत्रको समेत ध्यानाकर्षणका लागि आवश्यक पहल गर्न नेपाल सरकारसँग अनुरोध गरेका छन् । रासस


















