अफगानमा भएकाे आतंककारी आक्रमणको नेपालद्वारा विरोध

108

काठमाडौं – नेपाल सरकारले अफगानिस्तानको एक अस्पतालमा भएको आतंकारी आक्रमणको निन्दा गरेको छ।

मंगलबार राजधानी काबुलमा भएको आक्रमणमा नवजात शिशु, आमा, नर्स र अरु व्यक्तिहरुको मृत्यु भएको थियो।

बुधबार परारष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै आतंकारी आक्रमणको भत्सना गरेको हो।

घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मन्त्रालयले अफगानिस्तानको शान्ति, सुरक्षा, स्थायित्व र आर्थिक विकासको पक्षमा नेपाल सधै साथमा रहने विश्वास दिलाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here