सांसद गुरुङले नेपालको भूभाग फिर्ता ल्याउनुपर्ने माग उठाए

356
काठमाडौं –  संसदमा ग्रेटर नेपालको माग उठेको छ। सांसद रेणुका गुरुङले संघीय संसदको प्रतिनिधिसभा बैठकमा पूर्वको टिस्टादेखि पश्चिम काँगडासम्मको भूभाग फिर्ता ल्याउनुपर्ने माग उठाएकी हुन्।
बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै समाजवादी पार्टीकी सांसद रेनुका गुरुङले ग्रेटर नेपाल फिर्ता ल्याउन बेलायती महारानी एलिजावेथलाई निवेदन दिन माग गरेकी छिन्।
सांसद गुरुङले सुगौली सन्धि भारतसँग नभइ बेलायतसँग भएकाले उससँग कुरा गरेर ग्रेटर नेपालको भूमी फिर्ता ल्याउनुपर्ने जनाएकी हुन्।
उनले संसदमा भनिन्, ‘सुगौली सन्धिपछि नेपालको भूभाग मेची महाकाली निर्धारण भयो। त्यो सन्धि भातरसँग होइन बेलायतसँग भएको हो। बेलायतले भारत छाडेर जाने बेला लर्ड माउण्ट मेटनले हाम्रा प्रधानमन्त्री मोहन शमशेरलाई निवेदन दिन भने पनि दिएनन्, अब सरकारले महाराजनीलाई निवेदन दिनुपर्छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here