‘बजेट शीर्षक केही फरक परे पनि धेरै कुरा हुबहू उही छन्,’ उनले ट्विटरमा लेखेका छन्‚ ‘बजेटको आकारमात्रै उस्तै होइन। स्वास्थ्य, सामाजिक सुरक्षा, कृषि, शिक्षाजस्ता प्राथमिकता दिने भनिएका क्षेत्रमा रकम विनियोजन पनि उस्तै उस्तै छ।’ यो बजेटले समस्याको हल नगर्ने पनि उनले दाबी गरेका छन्।


















