भारतमा कोभिड–१९ संक्रमित ६ लाख नाघ्याे

210

एजेन्सी –  भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ६ लाख नाघेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख चार हजार ६४१ पुगेको छ । त्यस्तै भारतमा अहिलेसम्म कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि १७ हजार ८९४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ४३४ जनाको मृत्यु भएको हो । भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा अहिलेसम्म एक लाख ८० हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने आठ हजार ५३ जनाको मृत्यु भइसकेको छ । तामिलनाडुमा अहिलेसम्म ९४ हजारभन्दा धेरै संक्रमित फेला पर्दा अहिलेसम्म एक हजार २६४ जनाको मृत्यु भइसकेको छ । दिल्लीमा पनि ८९ हजारभन्दा धेरै संक्रमित फेला पर्दा दुई हजार ८०३ जनाको मृत्यु भइसकेको छ । उत्तर प्रदेशमा अहिलेसम्म २४ हजारभन्दा बढी संक्रमित फेला पर्दा ७१८ जनाको मृत्यु भइसकेको छ । त्स्तै पश्चिम बंगालमा अहिलेसम्म १९ हजारभन्दा धेरै संक्रमित फेला पर्दा ६८३ जनाको मृत्यु भइसकेको छ ।

बिहारमा पनि अहिलेसम्म १० हजारभन्दा धेरै संक्रमित फेला पर्दा ७० जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसका तीन लाख ५९ हजार संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here