काठमाडाैं – नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले आफ्ना ग्राहकहरुको साथ र मायाको कदर गर्दै धन्यवाद स्वरुप आफ्नो वार्षिकोत्सवलाई संस्मरणीय बनाउन एनीभर्सरी अफर लिएर आएको छ ।
यस अफर अन्तर्गत ग्राहकहरुले श्रावण १६, २०७७ का दिन सेलपेबाट पहिलो मर्चेन्ट पेमेन्ट गर्दा ५०५ ९अधिक्तम रु. १००० सम्म० क्यासब्याक पाउनेछन् । यो अफरको लाभ लिनको लागि चाडै नै आफ्नो मोबाईलमा सेलपे एप्प डाउनलोड गरी आफ्नो बैंक खाता लिंक गर्नुहोस् ।
यसका साथै सेलपेका ५ जना भाग्यशाली ग्राहकहरुले सेल्सबेरी डिपार्टमेन्ट स्टोरमा १०० सेकेण्डभित्र रु.१ मा असीमित ग्रोसरी सामानहरु किनमेल गर्ने मौका पाउनेछन् । सेलपेको वार्षिकोत्सवको अवसरमा ग्राहकहरुको माझ खुशी बाड्नको लागि यस अफरको सुरुवात गरिएको हो ।
सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेका अन्य विशेषताहरु यस प्रकार रहेको छ
क) बास्तविक समयमा भुक्तानी
ख) बिना वालेट कारोबार गर्न सकिने
ग) सरल एवं सुरक्षित
घ) लोयाल्टी पोइन्ट्स पाईने
सेलपेद्धारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, बिमा रकम भुक्तानी, EMI भुक्तानी, कोभिड-१९ को बिमा रकम भुक्तानी तथा शेयर कारोबार, P2P, P2B, B2P, B2B आदि वास्तविक समयमा गर्न सकिन्छ । यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ ।
सेलपे एप्प डाउनलोड गरी आजै आफ्नो बैंक खाता लिंक गर्नुहोस् ।
कोरोनाका कारण प्रभावित बन्यो हज यात्रा, यसअघि पनि विभिन्न कारणले रोकिएको थियो यात्रा

कोरोना भाइरसको संक्रमणका कारण करिब दुई करोड मानिस एकसाथ लकडाउनका कारण घर भित्रै थुनिएका थिए। अत्याधिक मानिस भेला हुने कार्यक्रमहरु सबै रद्द गरिए। सँगै रोकियो विश्वभरका विभिन्न चाडपर्वहरु।
इस्लाम धर्मावलम्बीहरुले यसपटक घरमै रमदान मनाए। साथै हज यात्रा पनि यसपनि समिति गरियो।
साउदीमा कोरोना संक्रमण देखिएसँगै मक्कामदिना प्रवेशमा रोक लगाइएको थियो। जसकारण विश्वभरबाट त्यहाँ हुने हज यात्रा प्रभावित बन्यो।
हरेक वर्ष लाखौंको संख्यामा मानिसहरु हज यात्राका लागि साउदी पुग्ने गरेकोमा यसपटक १० हजार जनालाई मात्र हज यात्रामा आउने अनुमति दिइएको छ।
हज यात्रा पहिलोपटक प्रभावित भएको भने होइन। हाल बहराइनमा रहेको करमाटाइन ट्राइबले मक्कामा आक्रमण गर्दापनि हज प्रभावित बनेको थियो। त्यसबेला करिब ३० हजार मानिसको मृत्यु भएको थियो।
उक्त आक्रमणको क्रममा एडम र इभको समयको ब्ल्याक स्टोन चोरी भएको थियो। सो ब्ल्याक स्टोन फेला नपरेसम्म हज रोकिएको थियो।
त्यस्तै, सा १८३७ र १८४६ मा हैजा महामारीको समयमा पनि हज यात्रा रोकिएको थियो।
सन् १९७९ न साउदीको सशस्त्र समूहले ग्रान्ड मस्क्यु कब्जा गरेको थियो। जसकारण उक्त जस्जिद दुई हप्तासम्म बन्द भएको थियो।
यस्तै, सन् १९८८ देखि १९९० सम्म इरानले हज यात्रा बहिस्कार गरेको थियो। इरानी हज यात्री र प्रहरीबीच झडप भएपछि इरानले उक्त निर्णय गरेको थियो। त्यस झडपको क्रममा करिब ४ सय जनाको मृत्यु भएको थियो।
सन् २०१४ मा साउदीले गुनिया,लिबेरिया र सेर्रा लिओनका नागरिकलाई हज यात्राका लागि भिसा दिएन। उक्त समयमा अफ्रिकी राष्ट्रहरुमा इबोला फैलिरहेको हुँदा कयौं अफ्रिकी देशका नागरिकहरुलाई हज यात्राको अनुमति दिइएको थिएन।
इरानले सन् २०१६ मा आफ्ना नागरिकलाई हज गर्नबाट फेरि प्रतिबन्ध लगायो। आफ्ना नागरिकहरुको सुरक्षाको प्रत्याभूति साउदीले गर्न नसकेपछि उक्त प्रतिबन्ध लगाइएको थियो।



















