काठमाडाैं – रक गायिका भनेर नाम चिनाउन सफल गायिका सरस्वती भुजेलको नविनतम तीज गीत दर खाएको सुरमा सार्वजनिक भएको छ ।
सरस्वती भुजेलको स्वरमा रहेको उक्त गीतलाई ओम सुनारले संगीत भरेका छन भने शब्द दिग्गज को रहेको छ । श्यमस्वेत रसाईलीको मिक्सिङ्ग माष्टरीङ्ग रहेको यस गीत द एक्सन नेपालको युटुव च्यानल मार्फत सार्वजनिक गरिएकाे थियाे ।
गीतको म्युजिक भिडियोमा चन्दा दहालको अभिनय रहेको छ साथमा बिभिन्न कलाकारहरु समेत उक्त गीतको म्युजिक भिडियोमा देख्न सकिन्छ ।
माधब त्रिपाठी, पवन खतिवडा, कविता महत, फरिता खड्का, शिवहरी श्रेष्ठ, सुमन खत्री, डोल्मा वाईवा, भिम बहादुर तामाङ्ग लगाएत कलाकारहरु अभिनयमा देख्न पाईन्छ । डान्सिङ्ग विटमा बनेको उक्त गीत गायिका सरस्वती भुजेलको सधाझै रक प्रस्तुतीमै रहेको छ ।

















