रुसी विपक्षी नेतालाई विष

104
MOSCOW, RUSSIA – DECEMBER 24, 2017: Opposition activist Alexei Navalny files the paperwork with the Russian Central Electoral Commission to run in the 2018 Russian presidential election. Alexander Shcherbak/TASS Ðîññèÿ. Ìîñêâà. 24 äåêàáðÿ 2017. Îïïîçèöèîíåð Àëåêñåé Íàâàëüíûé âî âðåìÿ ïîäà÷è äîêóìåíòîâ â Öåíòðèçáèðêîì ÐÔ. Êàíäèäàòû íà ïðåäñòîÿùèõ â ìàðòå 2018-ãî ãîäà ïðåçèäåíòñêèõ âûáîðàõ äîëæíû ïîäàòü ïîäïèñè è äîêóìåíòû íà ðåãèñòðàöèþ ñ 27 äåêàáðÿ äî 31 ÿíâàðÿ 2017 ãîäà. Àëåêñàíäð Ùåðáàê/ÒÀÑÑ

एजेन्सी – रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीलाई विष दिइएको पुष्टि भएको छ । अहिले जर्मनीमा उपचाररत उनलाई विष दिइएको जर्मनीको सरकारले पुष्टि गरेको हो ।

नाभाल्नीलाई नोभिचोक ग्रुपको विषय दिइएको जर्मन सरकारले जनाएको छ । सैनिक प्रयोगशालामा परीक्षण गर्दा यस्तो तथ्य पत्ता लागेको भनिएको छ । यो विषले स्नायुमा असर गर्छ । स्नायुबाट मांशपेशीमा सञ्चार हुनुपर्ने सन्देश रोकिन्छ र शरीरका धेरै भागहरु काम नलाग्ने बनाइदिन्छ ।

नाभाल्नीलाई रुसको साइबेरिया क्षेत्रबाट एयरलिफ्ट गरी जर्मनीको बर्लिन लगिएको थियो । उनको पेटमा समस्या भएपछि साइबेरियाबाट मस्कोतर्फ उडेको विमान आकस्मिक अवतरण गरिएको थियो ।

नाभाल्नीका समर्थकहरुले उनीमाथि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको निर्देशनमा विष दिएको आरोप लगाएका छन् । यसअघि सन् २०१८ मा पूर्व रुसी जासुस र उनकी छोरीलाई नोभिचोक एजेन्ट दिइएको आरोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here