स्थानीय समयानुसार शुक्रबार उनले भने, “प्रधानमन्त्री नरेन्द्र मोदी मेरो साथी हुनुुहन्छ, उहाँले धेरै राम्रो काम गरिरहनु भएको छ । उहाँ धेरै राम्रो नेता हुनुहुन्छ ।” ट्रम्पले अहिले काम गर्न धेरै गाह्रो भएको बताउदै यस्तो बेलामा पनि मोदीले जे गरिरहनु भएको छ, त्यो धेरै राम्रो भएको दाबी गरे ।
पत्रकार सम्मेलनमा बोल्ने क्रममा राष्ट्रपति ट्रम्पले आफ्नो दुई दिने भारत भ्रमणको प्रशंग समेत जोड्दै मोदीको थप प्रशंसा गरे ।
















