प्लाज्मा थेरापीका लागि रक्तदान गर्न अपिल

88

काठमाडौं पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्लाज्मा थेरापीका लागि रक्तदान गर्न अपिल गरेको छ।

प्रतिष्ठानले कोभिड संक्रमित भई निको भएका व्यक्तिलाई रक्तदान गर्न अपिल गरेको हो।
सरकारले प्लाज्मा थेरापीबाट उपचार गर्ने अनुमति दिएसँगै प्रतिष्ठानले पनि प्लाज्मा थेरापीबाट उपचार सुरु गर्न कोरोना संक्रमणमुक्त भई रिपोर्ट नेगेटिभ आएको दुई हप्ता पुगेका व्यक्तिहरुले रक्तदान गरी यस उपचार पद्धतिलाई सहयोग गर्न अपिल गरेको हो।

रक्तदान गर्न इच्छुक व्यक्तिलाई प्रतिष्ठान परिसरभित्र रहेको नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार केन्द्रमा गएर रक्तदान गर्न समेत प्रतिष्ठानले आग्रह गरेको छ।  साथै सो सम्बन्धी कुनै किसिमको जिज्ञास भएमा ९८४१४६४४२० मा सम्र्पक गरी जानकारी लिन पनि प्रतिष्ठानले आग्रह गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here