एन्जल डी मारियालाई ४ खेलमा प्रतिबन्ध

212

एजेन्सी – पेरिस सेन्ट जर्मन (पीएसजी) का मिडफिल्डर एन्जल डी मारियालाई चारवटा खेलमा प्रतिबन्ध लगाइएको छ । उनलाई फ्रान्सेली लिगले बुधबार लिग वानका चारवटा खेलमा प्रतिबन्ध लगाएको हो ।

मार्सेलीसँगको १-० को हार व्यहोरेको खेलमा भएको झगडाका कारण डी मारियाले पनि चार खेलको प्रतिबन्ध भोग्‍ने भएका छन् । डी मारियाले मार्सेलीका डिफेन्डर अल्भारो गोन्जालेजलाई थुकेको आरोप लगाइएको थियो । उक्त आरोप सही भएकोभन्दै उनलाई चार खेलको प्रतिबन्ध लगाएको हो । यसअघि पीएसजीका स्ट्राइकर नेमार, लियान्ड्रो परेदेस र लेभिन कुर्जावालाई केही खेलमा प्रतिबन्ध लगाइसकेको थियो ।

नेमार र मार्सेली डिफेन्डर अल्भारो गोन्जालेजबीच भएको घटनाको पनि अनुसन्धान भइरहेको छ र लिगले सेप्टेम्बर ३० मा हुने अर्को अनुशासनिक बैठकपछि निर्णय गर्ने जनाएको छ । नेयमारलाई अल्भारोको टाउकोमा थप्पड लगाएको आरोपमा दुई खेलको प्रतिबन्ध लगाइएको थियो । नेयरमाले अल्भारोविरुद्ध जातीय भाषा प्रयोग गरेको आरोप लगाएका थिए । तर, डिफेन्डर अल्भारोले उक्त आरोप अस्वीकार गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here