काठमाडौं । डबल नेकपाको सरकारले जनता माथि ज्यादति गरिरहेको अवस्थामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस मौन बसिरहेकाले जनता माथि अन्याय हुँदा जनता अभिभावक विहिन महसुस गरिरहकै अवस्थामा कांग्रेसका सभापति शेरबहादुर देउवाले जनतालाई राहत पुग्ने गरि अभिव्यक्ति दिएका छन् । उनले अहिलेको महामारीमा राज्यको भरोसा हुन्छ भनेरै जनताले सरकारलाई कर तिरेको जनाउँदै जनताले सरकारलाई करतिर्न आवश्यक नभएको विचार व्यक्त गरेका छन् । देउवाको यो अभिव्यक्तिले नेपाली जनमानसमा निकै चर्चा पाएको छ ।
महामारीमा जनताको निःशुल्क उपचार राज्यको आधारभूत दायित्व भएको देउवाले आफ्नो ट्वीटमा उल्लेख गरेका छन् । सरकारले आफ्नो दायित्व पुरा नगरे ‘कर तिर्दिनँ भन्न पनि पाउने’ नागरिकको अधिकार रहेको उनले उल्लेख गरेका छन् । देउवाको यो ट्वीटलाई नेपाली सञ्चारमाध्यमले जनताका नाममा अपिलको रुपमा लिएका छन् । देउवाको यही ट्वीटले आन्दोलनको रुप लिन सक्ने आशा पनि सर्वसाधारणले गर्न थालेका छन् । संविधानको धारा ३५ ले आधारभूत स्वास्थ्य सेवा नागरिकको मौलिक हकको रुपमा परिभाषित गरेको उनले देउवाले स्मरण गराएका छन् ।
सरकारकै हेलचेक्र्याइँले कोरोना भाइरस समुदायस्तरमा फैलिएको देउवाले आरोप लगाएका छन् । संक्रमति भएका सर्वसाधारणको निःशुल्क उपचार नगर्ने सरकारी निर्णय गैरजिम्मेवार र संविधानको ठाडो उल्लंघन भएको देउवाले टिप्पणी गरेका छन् ।
सशुल्क उपचार गर्ने निर्णय खारेज गरि सर्वोच्च अदालतको आदेश पालना गर्न पनि देउवाले सरकारलाई सुझाव गरेका छन्।













![प्रधानमन्त्री केपी शर्मा ओली सम्बोधन गर्दै । [LIVE]](https://swaviman.com/wp-content/uploads/2020/06/Kp-oli-1-218x150.jpg)




