देशमा थप १७४१ जनामा कोरोना संक्रमण

59

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १ हजार ४१ जना कोरोना संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ५९ हजार ८३० जना पुगेको छ।

पछिल्लो २४ घण्टामा ५ हजार ६ जनाको पिसिआर परीक्षण भएको छ।

संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा ४ हजार ५ छ। योसँगै हालसम्म १ लाख १५ हजार ६७५ जना निको भएका छन्।

पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ८६२ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here