न्युजिल्यान्डमा इच्छामृत्यु वैधानिक

133

काठमाडौ -न्युजिल्यान्डका मतदाताहरूले इच्छामृत्युलाई वैधानिक गर्न पाउने पक्षमा मतदान गरेका छन ।

वर्षौको भावनात्मक विवादलाई मतदानबाट अन्त्य गर्न यस विषयमा जनमत संग्रहबाट निर्णय गरिएको हो । शुक्रबार सार्वजनिक गरिएको मत परिणाम अनुसार ६५.२ प्रतिशतले सन् २०१९मा बनाइएको मृत्यु गर्न पाउने ऐनलाई पक्षमा मतदान गरेकाले यो नयाँ कानुनको रूपमा लागु हुने भएको छ ।  यो कानुनले दुई चिकित्सकहरूको सिफारिशमा तीन महिना भन्दा कम समय बाँच्ने बिरामीलाई मृत्युको छनौट गर्न पाउने अवसर दिएको छ ।

जनमत संग्रहको यो कानुन सन् २०२१को नोभेम्बरबाट कार्यान्वयनमा आउने छ ।  समुद्र बाहिरबाट हुलाकबाट आउने विशेष मत ४ लाख ८० हजार मत आउन बाँकी रहेको भएपनि त्यसले अन्तिम निर्णयलाई प्रभावित पार्न नसकिने देखिएको छ ।

यो प्रस्तावमा न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आरडर्न र प्रतिपक्षी नेतृ जुडिथ कोलिन्सले पनि समर्थन जनाएकी थिइन ।यो मतदानबाट न्युजिल्यान्ड विश्वका एक सानो समूहको सदस्य बन्न पुगेको छ । यो कानुन बनाउनेमा निदरल्यान्ड र क्यानाडा रहेको छ ।

म्याट विकर्सले पत्नी लेसरेसिया सिल्सलाई मृत्यु छनौट गर्न पाउने अधिकारका लागि कानुनी लडाइ लडेका थिए । यो कानुन बनेपछि उनले गर्व अनुभव गरेका छन । सिल्स आफै वकिल थिइन र ब्रेन टयुमर हुँदा आफू चिकित्सको सहयोगमा मर्न चाहेको कानुनी लडाइ लडेकी थिइन ।

उनको लडाइँले जित हासिल गरेन । पाँच वर्ष अघि ४२ वर्षको उमेरमा मृत्यु भयो । उनका पति विकर्सले यो अभियानलाई सञ्चालन गरे । उनले सन् २०१६मा लेसरेसियाज च्वोइसः अ स्टोरी अफ लभ ,डेथ एन्ड द ल नामक पुस्तक सार्वजनिक गरे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here