काठमाडौं- मंगलबार काठमाडौं उपत्यकामा १ हजार ७ जनामा कोरोना संक्रमण भेटिएको छ । काठमाडौंमा ७ सय ७९, ललितपुरमा १ सय ४३ र भक्तपुरमा ८५ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय ८० जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ४३ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ। देशभर १८ हजार ८ सय ८४ जना सक्रिय संक्रमित छन्। साथै १६ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ३ सय ३७ जना संक्रमितको मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टामा १० हजार ३८१ जनाको पिसिआर परीक्षण भएको छ।


















