‘अनायका विनश्यन्ति, नश्यन्ति बहुनायका’

709

–नारायण शर्मा

हाम्रो प्राचीन पूर्वीय साहित्यमा रहेको माथि  शीर्षासीन पदावली–वाक्यको अर्थ स्पष्टै छ कि नेता हुँदै नभएर पनि हुँदैन, नासै हुन्छ, धेरै भएर त झन् हुँदैन, सर्वनासै हुन्छ । तसर्थ प्रमुख नेता एउटै हुनुपर्दछ ।

यस्तै मालेमासम्मत एउटा अर्को भनाइ पनि छ, जो यससन्दर्भमा सान्दर्भिक छः

प्रतिकृयावादीहरु तबसम्म लड्छन्, जबसम्म उनीहरु स्वयं ध्वस्त हुँदैनन् ।

राजनीतिक संघर्षका नाममा आज नेपालमा नेकपाभित्र भैरहेको यो संघर्षमा माथिका संश्लेषणहरु लागू हुने देखिंदैछ । हुन पनि जनता र देशको क्रान्ति, मुक्ति, प्रगति र समृद्धि अनि न्याय, समानता, स्वतन्त्रता र स्वाभिमानको दुहाई दिंदै, समाजवाद र साम्यवादको डङ्का पिट्दै र जन आन्दोलन, वर्गसंघर्ष र जनयुद्धको भट्टी–नौटङ्कीका बिचबाट प्रोडक्ट–बाइप्रोडक्टका रुपमा आएका हालका नायक–खलनायकहरु बीचको यो लडाइँ सारमा दुई चरम भ्रष्ट व्यक्ति र शक्ति ९गुट, स्वार्थसमूह० बीचको टकराव हो अथवा भनौं युद्धसरदारहरु  बीचको लडाइँ हो १

यी नेता र सरदारहरु आपसमा लडेर अन्ततः आफू स्वयं, आफ्नै गुट ९स्वार्थसमूह०, आफ्नो सिङ्गो पार्टी, शोषित–पीडित जनताको क्रान्ति तथा स्वतन्त्र र स्वाभिमानी देशलाई समेत अस्तव्यस्त र त्रस्त पार्दै आखिरमा आएर विभाजन, विघटन र विसर्जन नगरी अर्थात् सम्पूर्ण रुपले ध्वस्त नपारी–नभई छोड्दैनन् जस्तो छ ।

त्यसैले यिनीहरुबाट जोगिने–जोगाउने हो भने हामी सच्चा इमान्दार, स्वच्छ, देशभक्त र क्रान्तिकारी नेता, कार्यकर्ता र जनताले यी नेता र यिनका गुटका प्रतिवेदन र प्रत्युत्तरका आरोप–प्रत्यारोपले भरिएका विचार र राजनीतिका शब्दजाल, वाकपटुता, तर्कवितर्क–कुतर्क, उडन्ते सपना र कोरा कल्पनाका तिलस्मी भ्रमजालहरुबाट आफूहरुलाई सम्पूर्ण रुपले मुक्त गर्दै सचेत र  सामूहिक रुपमा प्रतिबद्ध र कटिबद्ध भएर योजनाबद्ध ढङ्गले पार्टीभित्र र बाहिर यी नेता, गुट र यिनका चिन्तन र चरित्रदेखि विचार–राजनीति र आचार–संस्कृतिसम्ममा देखिएका विचलन, विकृति र विसङ्गति विरुद्ध विषम विरोध, विष्फोट र विद्रोह नै ल्याउने गरी जोडदार संघर्ष चलाउनु पर्छ र एकता–संघर्ष–रुपान्तरको प्रकृयाबाट गुज्रेर नयाँ आधारमा अर्थात् नयाँ नीति र नेतृत्वमा नयाँ एकता गरी पार्टीलाई सुदृढ, सबल र क्रान्तिकारी बनाएर मात्रै पार्टी एकतालाई बचाउनु पर्छ ।

 यदि कसै गरेपनि नेताहरु रुपान्तरण नभएर फेरिपनि लेनदेनमा सम्झौता भै एकता बचाएको बहानाबाजी गरेमा त्यो जनता, देश र क्रान्तिलाई धोका हुनेछ । यसैगरी सम्झौता पनि नगरेर पार्टी विभाजन नै गरेमा–भएमा पनि हामीले यी दुई गुटमध्ये कुनै एक रोज्ने होइन, बरु इमान्दार र देशभक्त कम्युनिस्ट  क्रान्तिकारीहरुको अर्को तेस्रो धारको धारिलो संगठन बनाउनुपर्ने हुन्छ । तत्पश्चात् सरकार, सदन, संगठन र सडकको सशक्त र आवश्यक परे सशस्त्र बलमा क्रान्तिलाई  पूरा गर्नु पर्दछ । यसरी हामीले एउटा सच्चा क्रान्तिकारी कम्युनिस्ट हुनुका नाताले र त्यस्ता सदस्यहरुको मालेमावादी पार्टीका हैसियतले क्रान्तिका  लक्ष–उद्देश्य र देश र जनताका सपना–जपना पूरा गर्नुपर्दछ । अन्यथा

नीति–सिद्धान्त र नैतिकता–स्वच्छता नभएका र नियत नै खराब भएका यस्ता नेता एउटै भए पनि वा दुइटै भएपनि अथवा जति धेरै भएपनि र तिनका जेजस्ता नामका पार्टी–गुट बनेपनि तिनले सर्वनास नै गर्दछन् । तसर्थ नेताहरु असल नियतका सही नीति र स्वच्छ मतिका हुनुपर्दछ भने ती धेरै नेताहरुमध्ये एउटा मात्र प्रमुख नेता हुनु–गराउनु पर्दछ भन्ने शीर्षस्थ नीतिश्लोकको मर्मलाई आत्मसात् गरेर हामी सच्चा कम्युनिस्टहरु अघि बढ्नु अहिलेको ठोस आवश्यकता र अपरिहार्य दायित्व हो ।–जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here