काेराना महामारी कारण बन्द भइरहेकाे टोखा केब पुनः सञ्चालनमा (भिडियाे सहित)

231

टोखा —   देशभित्रका छरिएर रहेका माैलिक पहिचान। सांस्कृतिक परम्परा, रितिरिवाजलाई जिवित राख्ने उद्देश्यका साथ  स्थापना भएकाे टोखा केब पुनः सञ्चालन भएकाे छ । नेपाल सरकारले  विश्वभरि कोरोना भाइरस (कोभिड १९) को महामारीको बन्द थियाे ।   गत बर्ष चैत्र महिनामा बन्द भइरहेको अव स्वास्थ्य सुरक्षा मापदण्ड अनुरुप अहिले सञ्चालनमा आएको छ ।

काठमाडौं उपत्यकाको उत्तरी प्रवेशद्वार एवं शिवपुरी डाँडाको काखमा रहेको ऐतिहासिक प्राकृतिक रुपमा सुन्दर र आकर्षक महत्वपूर्ण नगरी टोखा सांस्कृतिक परम्परागत, बाजागाजा र नाचगानमा आफ्नै मौलिकता बोकेको महत्वपूर्ण ठाउँ हो ।  यहि कुरालाई मध्यनजर गरि टोखा नगरमै रहेको आकर्षक रमणीय भख्यस् (भुटखेल) चौरको सल्लाघारी र त्यही रहेको प्राचिन देवी इन्द्रायणी अर्थात मसानकाली मन्दिर नजिकै टोखा केब ट्रेड एण्ड इन्भेष्टमेन्ट प्रालिले विसं २०७३ सालदेखि सेवा दिइरहेको जनाएका छन् ।  पर्यटन वर्ष २०२०को सुरुवातीको सन्दर्भमा हामीले हाल नयाँ व्यवस्थापनका साथै गुणस्तरीय सेवाका लागी प्रतिवद्ध भएर टोखा केब सञ्चालन गरेको सञ्चालक मनिराज डङ्गोलले खुलाशा गरे ।

नेपाल सरकारको समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन सोच हासिल गर्ने आधारको रूपमा राष्ट्रिय योजना आयोगको १५ औं आधारपत्रले महत्वपूर्ण भूमिका रहेको यही आधारपत्र मा प्राकृतिक मौलिक सांस्कृतिक र पुरातात्त्विक सम्पदा संरक्षण ,प्रवर्द्धन गर्दै नेपाललाई पर्यटकीय स्थलको रुपमा विकास गरी अर्थतन्त्रको प्रमुख आधार मानिएको छ ।

टोखानगरपलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने हेतुले स्थापना गरेकाे क्येबमा नेपाल सुरक्षित, गुणस्तरीय र पर्यटन मैत्री बनाउने, पर्यटन विकासमा निजी क्षेत्रलाई पनि ल्याउने नीतिलाई योगदान गर्नकालागि हामीले ग्राहकहरुलाई ५० प्रतिशत सेवामूलक र ५० प्रतिशत नाफामुलक सेवा प्रदान गरि सुविधा बिस्तार गर्दै आइरहेको सञ्चालक डंगोलले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here