विश्वभरि मृत्यु हुने १६ लाख २७ हजार नाघ्यो

100
काठमाडौं।  महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण विश्वभर १६ लाख २७ हजार ९०० जनाको मृत्यु भएको छ ।

हालसम्मको तथ्यांक अनुसार विश्वका ७ करोड ३१ लाख ९० हजार ४२७ जना कोरोना संक्रमित भेटिएका छन् ।

यस्तै, ५ करोड १३ लाख २४ हजार ४८९ जनाको उपचारपछि निको भएका छन् ।

अहिले विश्वकै कोरोना प्रभावित मुलुक संयुक्त राज्य अमेरिका भएको छ ।

अमेरिकामा ३ लाख ०८ हजार ०८९ जनाको मृत्यु भएको छ भने १ करोड ६९ लाख ४२ हजार ८२२ जनामा संक्रमित फेला परेका छन् ।

पहिलो पटक कोरोना भाइरस देखिएको चीनमा भने हालसम्म ४ हजार ६ सय ३४ जनाको मृत्यु भएको छ ।

यस्तै, ब्राजिल, भारत, स्पेन, फ्रान्स, बेलायत, इटलीमा मृत्यू हुनेहरुको संख्या प्रत्येक देशमा ४० हजारभन्दा बढी पुगेको छ ।

इटलीमा मृत्यू हुनेको संख्या ६५ हजार भन्दा बढी छ ।

ब्राजिलमा १ लाख ८१ हजार ९४५, भारतमा १ लाख ४३ हजार ७४६, स्पेनमा ४८ हजार ०१३, फ्रान्समा ५८ हजार २८२, बेलायतमा ६४ हजार ४०२ जनाको मृत्यु भइसकेको छ ।

विश्वका २१२ मुलुकमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि देखिएको छ ।

नेपालमा २ लाख ४९ हजार २४४ जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ भने हालसम्म १७१६ को मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here