प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन विरूद्ध देशैभर जसपाको प्रदर्शन

177

काठमाडाैं –  जनता समाजवादी पार्टी नेपालले ७७ वटै जिल्ला सदरमुकामहरूमा बुधबार  प्रदर्शन गरेको छ।

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा संसद विघटन गरेको विरोधमा जसपाले प्रदर्शनसहित कोणसभा गरेको हो।  प्रधानमन्त्रीले संसद विघटन गर्नु असंवैधानिक भएको जसपाले जनाउँदै आएको छ।

 मंगलबार बसेको केन्द्रीय कार्यकारिणी बैठकले संसद पुनर्स्थापना गर्न मागसमेत गरेको थियो।  जसपाले पुस १२ गतेसम्म विभिन्न कार्यक्रम गरी प्रधानमन्त्री ओलीको कदमविरूद्ध आन्दोलन जारी राख्ने  जनाएकाे छ।  यसैबीच  जसपा संघीय परिषद अध्यक्ष बाबुरा भट्टराईको गृह जिल्ला गोरखामा पनि प्रदर्शन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here