ओली गणतन्त्र र संघीयता विरोधी : नेता नेपाल

174

काठमाडाैं – नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड(नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली संघीयता र गणतन्त्रविरोधी भएको बताएका छन्।

शुक्रबार बबरमहलस्थित कार्की ब्यांकेटमा पत्रकार सम्मेलन आयोजना गर्दै पूर्वप्रधानमन्त्त्रीसमेत रहेका नेता नेपालले प्रधानमन्त्री केपी ओली संघीयता विरोधी भएको आरोप लगाएका छन्।

‘केपी शर्मा ओली संघीयता विरोधी र गणतन्त्र विरोधी हुन्,’ उनले भने।

केपी ओली कम्युनिस्ट आन्दोलन मात्र नभएर कम्युनिस्ट नै सिध्याउन उद्यत रहेको समेत उनको दाबी थियो।

‘केपी ओली कम्युनिस्ट सिध्याउने अर्को गोर्भाचोभ हुन् उनले भने। ओलीलाई कुनै पनि कम्युनिस्ट सिद्धान्त मन नपर्ने समेत उनले उल्लेख गरे। ओलीलाई ओलीवाद मात्र पन पर्ने नेता नेपालको दाबी छ।

उनले प्रचण्ड र आफूबीचको सहमतिको मुल कुरा कम्युनिस्ट आन्दोलनको विचार, नीति, विधि र पद्दतिलाई समातेर अघि बढ्ने र लोकतन्त्रको जग बलियो बनाउने भएको बताए । ‘कम्युनिस्ट आन्दोलन र लोकतन्त्र एउटै सिक्काका दुई पाटा हुन’, नेता नेपालको भनाइ छ । आफूहरुबीच कमिटी प्रणाली र विधिका साथै आपसी विश्वास कायम गर्दै अघि बढ्ने नेपालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here