डा भट्टराईले मन्त्री ज्ञवालीको भ्रमणको समय अनुकूल नभएको समेत टिप्पणी गरेका छन्। ुविदेशमन्त्री ज्ञवाली कुवेलाको भारतभ्रमणपछि ‘कुराकानी भएको’ ‘छळफल भएको’ ‘विचारको आदानप्रदान भएको’ ‘गतिदिने सहमति भएको’ ‘प्राथमिकतामा राख्ने सहमति भएको’आदि रित्तो कुटुरो बोकेर फर्कनुभएछ,ु उनले ट्वीटमा लेखेका छन्।
ओली सरकारले देशको जटिल भूराजनीतिक स्थिति कहिल्यै बुझ्न नसकेको समेत भट्टराईले आरोप लगाएका छन्। ुदेशको जटिल भूराजनीतिक स्थिति नबुझी कैले बुरूक्क उफ्रिने र कैले लम्पसार पर्नेको हालत यस्तै हुन्छ,ु भट्टराईको ट्विटमा लेखिएको छ।
त्यसैगरी नेपाली कांग्रेसका नेता गगन थापाले पनि मन्त्री ज्ञवालीको भारत भ्रमणलाई भारतले महत्व नै निदिएको जनाएका छन्। काठमाडौंमा आयोजित विरोध सभामा प्रदर्शनलाई सम्बोधन गर्दै उनले प्रतिनिधि सभा विघटन गरेकाले सरकारको धरातल नै कमजोर भएको उल्लेख गरेका छन्। नडबल नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले पनि मन्त्री ज्ञवालीको भ्रमणमा सार्वजनिक मर्यादा समेत पालना नगरिएको जनाएका छन्। भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण गर्दै उनले लेखेका छन्, ुभारतीय विदेश सचिव नेपाल आउँदा हाम्रा राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीदेखि विपक्षी नेतासम्मलाई भेटेर फर्किनुभएको थियो। हाम्रा परराष्ट्रमन्त्री भारत जाँदा चाहिँ भारतीय प्रधानमन्त्रीलाई पनि नभेटेर फर्किनुभएछ।


















