ललितपुर-खोकनाबासीले ११ औं नेवाः एकता दिवसलाई नेवाः आन्दोलन दिवस मनाएका छन्। सबै नेवाः शक्तिले एकत्रित गर्दै नेवाः आन्दोलनलाई थप सशक्त बनाउने दिनको रुपमा यस वर्षको नेवाः एकता दिवस खोकनाको खुदोलमा मनाइएको नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्राकारले जानकारी दिएका छन्।
सडक विस्तार, फास्ट ट्र्याक लगायतका सामाजिक मुद्दादेखि लिएर नेवाः स्वायत्त राज्यसम्मको ट एजेन्डालाई पनि सशक्त ढङ्गले उठाउँदै नेवाः आन्दोलनलाई अघि बढाउने ताम्रकारले जनाए।
‘नेवाः भूमिमा नेवाःलाई विभिन्न विकासे योजनाको नाममा विस्थापित गरिँदैछ, नेवाः बस्ती, नेवाः सम्पदा मास्न राज्य लागिपरेको देखिन्छ,’ ताम्रकारले भने, ‘अब अलग अलग मुद्दामा संघर्षरत समूहहरु एकै ठाउँमा भेला भई एकिकृत रुपमा आन्दोलन हुनेछ।’
यस वर्ष खोकनाका ऐतिहासिक सम्पदाहरु मास्दै बनाउन लागिएको फास्ट ट्र्याकविरुद्ध भइरहेको खोकनाबासीको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै खोकनामै गएर नेवाः एकता दिवस मनाइएको उनले जानकारी दिए। कार्यक्रमका उपत्यकाका भागबाट सहभागिता थिए ।
















