नेपाली हिपपप ‘कोक एण्ड जेडी’ म्युजिक भिडियो क्यानडामा सार्वजनिक

258
क्यानडाबाट नेपाली युवाहरुबाट निर्मित हिपपप म्युजिक भिडियो सार्वजनिक गरिएको छ । लामो समयदेखि क्यानडा स्थायी बसोबास गर्दै आएका सुघब बन्जरा, कुशल बराल र निर्वाना श्रेष्ठको संयुक्त प्रयासमा ‘कोक एण्ड जेडी’ गित तयार गरिएको हो ।

दिप विष्ट (लेजी ब्याई) को संगित रहेको यो गीतको म्युजिक भिडियो क्यानडाको टोरोन्टो र आसपासका शहरमा खिचिएको हो ।

युवा पुस्तालाई लक्षित गरेर निर्माण गरिएको यो गितमा बिदेशी नागरिक र नेपालीको अभिनयलाई फ्युजन गराइएको छ ।

क्यानडाबाट  संचालित युटुब च्यानल ‘वानभर्स इन्टरटेन्मेन्ट’ बाट शुक्रबार सार्वजनिक गरिएको म्युजिक भिडियो कोर्डेल फेर्मिनले खिचेका हुन् भने भिडियो सम्पादन सुदिप मानन्धरले गरेका छन् ।

पछील्लो समय  हिपपप म्युजिक युवा पुस्ताको रोजाइमा पर्दै आएकोकोले यो गीत पनि दर्शक श्रोताले रुचाउने निर्माण टिमले अपेक्षा राखेका छन् ।

गीत हेर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here