नाइजेरियामा विद्यार्थीसहित ४२ व्यक्ति अपहरणको १० दिनपछि मुक्त

225

एजेन्सी । नाइजेरियाको एक विद्यालयबाट गत हप्ता अपहरण गरी लगेका २७ बालबालिकासहित ४२ व्यक्ति अपहरणको १० दिनपछि मुक्त भएका छन्।

नाइजेरियाकै एक अर्को विद्यालयबाट करिब ३०० किशोरी ९छात्रा०हरूलाई अपहरण गरेको एक दिनपछि १० दिन पहिले एक सशस्त्महले अपहरण गरी लगेका ४२ जनालाई रिहा गरिएको हो ।

सरकारको पहलमा शनिबार मुक्त भएका विद्यार्थीहरूलाई नाइजर राज्यको प्रशासनले आफन्तको जिम्मा लगाएको गभर्नर अबुबाकर सानी बेलोले ट्वीटरमार्फत् जानकारी दिए।

नाइजेरियाको उत्तरपश्चिम क्षेत्रबाट एक सशस्त्र समूहले शुक्रबार अपहरणमा परेका ३१७ विद्यार्थीको खोजी भइरहेको प्रहरी प्रवक्ता मोहम्मद सेहुले एक विज्ञप्ति जारी गरी बताएका छन्।

उनले भने, “सशस्त्र समूहले बिहीबार राति एक विद्यालयलाई नियन्त्रणमा लिई कम्तीमा ३१७ छात्राहरूलाई अपहरण गरेको छ । विद्यार्थीहरूलाई सम्पर्कमा ल्याउन सुरक्षा अधिकारीले पहल जारी राखेका छन् । जाम्फारा राज्यको प्रहरी कमाण्डले सेनाको समन्वयमा संयुक्तरूपमा खोजी तथा उद्धार कार्यलाई अघि बढाएको छ।”

स्थानीयका अनुसार एक आपराधिक सशस्त्र डाँकाहरूको समूहले उत्तरपश्चिम क्षेत्रको विज्ञान विषय पढाई हुने उक्त विद्यालयबाट विद्यार्थीहरूलाई अपहरण गरी लगेका हुन्।

पछिल्ला वर्षहरूमा नाइजेरियामा डाँका समूहले विद्यार्थीलाई बन्धक बनाई लाने र फिरौती माग्ने, बलात्कार गर्ने र उनीहरूको महत्वपूर्ण सम्पत्ति लुट्ने गरेका घटनाहरू पटकपटक सञ्चारमाध्यममा आएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here