काठमाडौं। सरकारले अल्पसङ्ख्यक र लोपोन्मुख जातिको उत्थान गरी उनीहरूलाई व्यवस्थित र एकीकृत बस्तीमा बसाउने कार्यक्रमअन्तर्गत मोरङको उर्लाबारीमा सन्थाल बस्ती निर्माण योजना अगाडि बढाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष चासो रहेको त्यस बस्ती निर्माणका लागि मन्त्रालयले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको प्रवक्ता दवाडीले जानकारी दिए। सो बस्ती निर्माणको डीपीआर तयार गर्न मन्त्रालयले मङ्सिरमा एक प्राविधिक टोली उर्लाबारी पठाएको थियो ।


















